Logo
१२ बैशाख २०८१, बुधबार
(August 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना रोकथामको लागि जुम्लामा अनिश्चितकालिन निषेधाज्ञा जारी

कर्णाली प्रदेश स्थित जुम्लामा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले गएराति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।

कोरोना सङ्क्रमण बढ्न नदिन र समुदायस्तरमा कोरोना सङ्क्रमण फैलनबाट रोक्नका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।

यस्तै निषेधाज्ञा जारी गरिएको ठाउँमा कुनै पनि भेला नगर्न समेत निर्देशन गरिएको छ । कोरोनाको जोखिम बढेसँगै पार्टी, भेला, धार्मिक मेला पनि रोक लगाइएको छ ।

तीज नजिकिएकाले भिडभाड हुन सक्ने भन्दै त्यसलाई मध्यनजर गर्दै रोक लगाइएको हो । स्थानीय प्रशासन र पालिकाहरुले पटक-पटक सूचना जारी गर्दै धार्मिक मेला र भिडभाड नगर्न निर्देशन दिँदै आएका छन् ।

प्रकाशित मिति: Aug 17, 2020

प्रतिक्रिया दिनुहोस्