Logo
२२ कार्तिक २०८१, बिहीबार
(August 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नारायणी अस्पतालमा मृत्यु भएका रौतहटका युवकमा कोरोना संक्रमण पुष्टि

नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका रौतहटका ३२ वर्षी युवकमा कोरोना संक्रमण पुष्टि भएको छ।

गत शनिबार राति अस्पतालमा मृत्यु भएका ३२ वर्षका ती युवकमा आइतबार कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्थायी कोरोना विशेष अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए।

मृतक युवकको स्वाब संकलन गरि नारायणी अस्पतालकै प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा आइतबार अपरान्ह आएको रिपोर्टमा उनमा कोरोना संक्रमण पुष्टि भएको डाक्टर सिंहले बताए

दमको समस्या भए पछि उपचारको लागि रौतहटबाट नारायणी अस्पतालमा शनिबार अपरान्ह ४ बजे ल्याइएका युवकको राति मृत्यु भएको थियो।।

प्रकाशित मिति: Aug 17, 2020

प्रतिक्रिया दिनुहोस्