Logo
१४ आश्विन २०७७, बुधबार
(August 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छायाँचन्द्र भण्डारीको आत्मवृतान्त : ‘बलराम दाइ मेरो घरबाट यसरी हिंड्नुभयो’

स्व. पत्रकार बानियाँ
छायाँचन्द्र भण्डारी, संचालक सम्पादक : न्यूज अभियान डट कम

सोमबारदेखि बल्खु खोलामा हराउनुभएका आदरणीय पत्रकार दाइ बलराम बानियाँ बुधबार मकवानपुरको माण्डु खोलामा मृत अवस्थामा फेला पर्नुभएको छ ।

बलराम दाइसँग लामो समयदेखि व्यक्तिगत, पेशागत तथा अन्तरंग सम्बन्ध रहनुका साथै अहिलेको घटनासँग मेरो सरोकार हो, उहाँ हराउनुअघि म र मेरो परिवारसँग रहनु ।

कोरोना संक्रमणका कारण सवारी साधनमा जोर-विजोर प्रणाली लागु भयो । बलराम दाइसँग आफ्नै साधन थिएन । उहाँ मूलपानीमा घर बनाइरहनुभएको थियो ।

२५ गते आइतबार दिउँसो करिव १-२ बजे मैले उहाँलाई आफ्नो गाडीमा राखेर मूलपानी लगिदिएँ । फर्किंदा तीनकुनेमा ल्याएर छाडिदिएँ । किनभने, मैले उपत्यका प्रहरी प्रमुख डिआइजी विश्वराज पोखरेल, आईएमआई बैंकका प्रमु लगायतसँग भेट्न समय लिएको थिएँ ।

केही किनमेल पनि गर्नु थियो । यो कुरा बलराम दाइलाई भनेँ । त्यसपछि हामी हार्दिक शैलीमा छुुुुुुट्टीनुभो ।

म आफ्नो काममा लागेँ । तर, फेरि उहाँको फोन आउन थाल्यो । दिउँसो ३-४ बजे असापास १०-१२ पटकसम्म फोन आएको रहेछ । साइलेन्समा भएका कारण मैले उठाउन पाइनँ ।

मिस्ड कल देख्दा ढिलो भइसकेको थियो । त्यसैले कल ब्याक गरिनँ । साँझ साढे ७ बजे नैकापस्थित आफ्नो घर पुगें । म पुग्दा त बलराम दाइ अघि नै मेरो घरमा पुग्नुभएको रहेछ । पुगेर बुहारी (मेरी पत्नी) लाई फोन गरेर घरभित्र जानुभयो ।

उहाँले बुहारीलाई भनेअनुसार, तीनकुनेदेखि कतै गाडी चढ्दै, कतै हिँड्दै आएको सुनाउनुभएछ ।

उहाँले ‘मेरो सँस्थाले मलाई डोमिनेट गर्यो । म अब तपाईंसँग काम गर्छु’ भन्न थाल्नुभयो । ‘तपाईंको यत्रो सम्पर्क छ, म पनि स्रोत जुटाउँछु, काम गरौँ‘ भन्नुभयो ।

मैले भने, ‘दाइ, म कहाँ आँट्न सक्छु र ? एउटा अनलाइन र पत्रिका चलाउँदैमा थला परिसकेँ । ल्याएको जति जम्मै बजारमा बुझाउँदा ठिक्क छ ।’

‘अफिसले साह्रै हेप्यो, ह्युमिलियट गर्यो, म जीवन्त रहनुपर्ने मान्छेलाई…’ भन्दै उहाँ आफ्ना गुनासो सुनाउन थाल्नुभयो । मैले ‘यस्तै हो दाइ, काम गर्दा यस्तो कहिलेकाँही हुन्छ । अहिले त केही नगरौँ दाइ, दशैं-तिहारपछि सल्लाह गराँला’ भनेँ ।

त्यसपछि राति खाना खाइयो । थप कुराकानी केही भएन । ओछ्यानतिर लागियो । विहान म उठेँ । म सधैँझैँ बिहान ८ बजेतिर घरबाट निस्किएँ । श्रीमतीलाई भनेको थिएँ, ‘बलराम दाइ उठेर जान खोज्नुभयो भने मलाई फोन गर्नु है, म पुर्याइदिउँला । नत्र, बूढा फेरि हिजोजस्तै हिँडेरै जालान्…।’

श्रीमतीले फोन गरिन् । ९-१० बजेतिर खान उठ्नुभएछ । फेरि एकघण्टा जति सुत्नुभयो भनेर श्रीमतीले सुनाइन् । त्यसबीचमा बलराम दाइकी छोरीले मलाई फोन गरेर बाबासँग कुरा गर्न चाहेको बताइरहेकी थिइन् ।

म घरमा थिइनँ । यसकारण श्रीमतीलाई अह्राएँ, बलराम दाइलाई छोरीसँग कुरा गराउन भनेर । त्यसपछि मोबाइल अन गरेर दाइले छोरीसँग कुरा गर्नुभएछ । त्यसपछि ‘छायाँ खै’ भनेर श्रीमतीलाई सोध्नुभएछ ।

श्रीमतीले ‘हैन दाइ, तपाईंलाई कहाँ पुग्नुपर्ने हो ? त्यहाँसम्म छोड्नको लागि म उहाँलाई बोलाइदिन्छुु’ भनिन् । बलराम दाइले ‘हैन, म विस्तारै जान्छु, केही छैन’ भन्नुभयो ।

त्यसपछि श्रीमतीले ‘मैँ छोडिदिन्छु दाइ’ भनिन् । त्यो कुरा पनि मान्नुभएन । छिमेकमा भूपू सिडिओ कृष्ण पौडेलको घर छ । उहाँको सिसी क्यामेराले मेरो घरमा आएको, गएको सबै कभर हुँदोरहेछ ।

मेरो घरबाट निस्किएपछि कलंकीमा कतै अल्मलिनुभयो । मेरो कलंकीमै हुँदा बलराम दाइले कान्तिपुरका सम्पादक सुधीर शर्मा, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र घरमा काम गर्न आउने प्लम्बरसँग कुरा गर्नुभयो ।

त्यसमध्ये प्लम्बरलाई आज आफू आउन नभ्याउने भन्दै भोलि आउँछु भन्नुभएछ । बलराम दाइ मेरो घरमा मैले नबोलाई आउनुभयो । दाइ हो, साँझ, रातिको पाहुना, त्यसमाथि आदर-सम्मान गरेको मान्छेलाई नआउनुस्, जानुस् भन्न पनि मिलेन ।

त्यसपछि उहाँ बल्खुतिर लाग्नुभयो । प्रहरीका अनुसार त्यसबेला उहाँ ढलपल-ढलपल गरिरहनुभएको थियो । त्यहाँस्थित प्रहरी बिटका सईले उहाँलाई बलराम बानियाँ नै भनेर त चिनेनछन् ।

तर, सर्ट पाइन्ट लगाएको भद्र, शालिन मान्छे देखेपछि भनेछन्, ‘हेर्दा त तपाईं राम्रै मान्छेजस्तो देखिनुहुन्छ । यसरी कता हिँड्नुभएको ?’ त्यसपछि बलराम दाइ हात हल्लाएर खिसिक्क हाँस्दै खोलातिर अगाडि बढ्नुभयो ।

प्रहरीका अनुसार सईलाई उनको एरियामा भएको एउटा घटनामा पुग्नुपर्ने थियो, उनी हिँडे । सई त्यहाँबाट हिँडेपछि उहाँ खोलामा झर्नुभयो भन्ने खबर सुनियो ।

त्यसपछि उहाँको परिवारका सदस्यहरु मसँग रिसाउनुभयो । उहाँ मसँग आत्मीय रुपमा जोडिएको, आदरणीय मान्छे । मसँगै हिँड्ने कुरा थाहा भएर पनि होला, मैँविरुद्ध उजुरबाजुर गर्नेसम्मको काम भयो ।

मैले यी सबै बृत्तान्त प्रहरी-प्रशासनलाई सुनाएँ, घर परिवारले पनि कुरा बुझ्नुभयो । बलराम दाइ मेरो घरमा मैले नबोलाई आउनुभयो । दाइ हो, साँझ, रातिको पाहुना, त्यसमाथि आदर-सम्मान गरेको मान्छेलाई नआउनुस्, जानुस् भन्न पनि मिलेन ।

फेरि उहाँलाई मैले मेरो घर पनि देखाएको थिइनँ । त्यसदिन एक्कासी आइदिनुभयो । म त उहाँलाई घर जानुस्, भाउजू, छोरीहरु पर्खिरहेका छन् भन्थेँ । तर, उहाँ हराएपछि परिवारको तर्फबाट म यति धेरै मानसिक यातनामा परेँ कि, बयान गर्न सक्दिनँ ।कुराकानीमा अधारित 

प्रकाशित मिति: Aug 13, 2020

प्रतिक्रिया दिनुहोस्