Logo
६ बैशाख २०८१, बिहीबार
(August 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महासंघको झण्डा ओढाएर पत्रकार बलराम बानियाँको अन्त्यष्टी

पशुपती आर्यघाट स्थित बरिष्ठ पत्रकार बलराम बानियाँको अन्त्यष्टी गरिएको छ । नेपाल पत्रकार महासंघको झण्डा ओढाइदै उनको अन्तयेष्टी गरिएको हो ।

१४ वर्षिय छोरालाई उनलाई दागवती दिएका हुन् । उनको आत्मा चीर शान्तीको कामना गर्दे १ मिनेट मौन धारण पनि गरिएको थियो । सम्पुर्ण पत्रकारहरुको तर्फबाट महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आर्चायले उनको पार्थिव शरीरमाथी महासंघका झण्डा ओढाएका थिए ।

कान्तिपुर दैनिकमा आवद्ध पत्रकार बानियाँको बुधवार मृत्युको पुष्टि भएको थियो । हेठौडामा फेला परेको बानियाँको शव आज मात्रै काठमाण्डौ ल्याएको थियो भने महाराजगन्ज स्थित शिक्षण अस्पतालमा पोस्टमार्टम पछि उनको अन्त्यष्टी गरिएको हो ।

कान्तिपुरका संचालक कैलाश सिरोहिया समेत, सम्पादक सुधिर शर्मा सहित २ हजार भन्दा बढीको उपस्थिीतीबीच उनलाई अन्तिम श्रद्धाञ्जली दिइएको हो ।

बानियाँ सोमबार दिउँसोदेखि सम्पर्कविहीन भएका थिए । उनी पछिल्लोपटक राजधानीको बल्खुचोकमा सोमबार करिब पौने चार बजे देखापरेको प्रहरीले जानकारी दिएको छ ।

बल्खुमा प्रहरीको गस्ती टोलीले सोमबार दिउँसो देखेपछि उनलाई सोधपुछ गरेको थियो । त्यसपछि उनी घर जाने भन्दै बल्खु खोलाको पुलमुनि गएको देखिएको प्रहरीले जनाएको छ ।

बानियाँ पछिल्लोपटक एक दशकभन्दा अघिदेखि कान्तिपुरमा कार्यरत थिए । त्यसअघि पनि उनले कान्तिपुर, नागरिकलगायतमा सम्बद्ध रही पत्रकारिता गरेका थिए ।

उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

फोटो-फिचर : 

 

 

प्रकाशित मिति: Aug 13, 2020

प्रतिक्रिया दिनुहोस्