Logo
८ बैशाख २०८१, शनिबार
(August 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपत्यकामा १२७ सहित थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि

उपत्यकामा १२७ सहित बिहीबार नेपालमा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ५ सय ५९ जनामा भएको परीक्षणमा ५२५ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको स‌ंख्या २४ हजार ९५७ पुगेको छ ।

काठमाडौं जिल्लामा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जनामा संक्रमण देखिएको हो ।

२४ घण्टामा कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या १०९ रहेको छ ।

प्रकाशित मिति: Aug 13, 2020

प्रतिक्रिया दिनुहोस्