Logo
१३ बैशाख २०८१, बिहीबार
(August 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाका कारण सीटीईभीटीको परिक्षा स्थगित

कोरोनाका कारण भदौ दोस्रो साता लिने भनिएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभीटी)को परिक्षा स्थगित गरेको छ ।

सरकारले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन १६ भदौबाट मात्रै गर्न पाइने निर्णय गरेपछि परीक्षा स्थगित गरेको सीटीईभीटीका प्रवक्ता अनोज भट्टराईले जानकारी दिए ।

१ भदौबाट परीक्षा सञ्चालन गर्न पाइने सरकारको निर्णय अनुसार सीटीईभीटीले नोवेल कोरोना भाइरस (कोभिड-१९) का कारण स्थगित परीक्षाको तालिका प्रकाशित गरेको थियो ।

परीक्षाको अर्को तालिका कोभिड-१९ को संक्रमण कम भएपछि तीन हप्ताको समयावधि राखेर प्रकाशन गरिने प्रवक्ता भट्टराईले बताए ।

प्रकाशित मिति: Aug 13, 2020

प्रतिक्रिया दिनुहोस्