Logo
१३ बैशाख २०८१, बिहीबार
(August 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोमामा

कोरोनाबाट संक्रमित भएका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोमामा राखिएको अस्पतालले जनाएको छ ।

बिहीबार बिहान नयाँ दिल्लीस्थित उनको उपचार भइरहेको आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलले उनलाई कोमामा राखिएको जानकारी दिएको हो ।

यद्यपि उनको अवस्था स्थिर रहेको अस्पताललले बताएको छ ।गत सोमबार उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि उनको ब्रेन सर्जरी पनि गरिएको थियो ।

गत सोमबार मुखर्जी आफैंले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएका थिए ।
मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति थिए ।

प्रकाशित मिति: Aug 13, 2020

प्रतिक्रिया दिनुहोस्