Logo
१२ बैशाख २०८१, बुधबार
(August 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युएईमा पाँच महिनामा ११० नेपालीले ज्यान गुमाए, ६९ जनाकोे शव युएईमै अन्त्येष्टि

युएईमा पछिल्लो पाँच महिनाको अवधिमा ११० जना नेपालीको मृत्यु भएको छ । ११ मार्चयता यति ठूलो संख्यामा नेपालीले ज्यान गुमाएको आबुधाबीस्थित नेपाली दूतावासको तथ्यांक रहेको छ ।

ज्यान गुमाउनेमा ५ जना महिला छन् । प्राकृतिक मृत्युवरण, आत्महत्या, हत्या, कोरोना संक्रमण र दुर्घटनाबाट उनीहरुको मृत्यु भएको दूतावासले बुधबार जारी गरेको सूचनामा उल्लेख छ ।

कोरोनाका कारण १ जना महिलासहित ३६ जना नेपालीले युएईमा ज्यान गुमाएका छन् । दूतावासको सिफारिसमा नेपालमा रहेका परिवारको स्वीकृतिपछि स्थानीय प्रशासनको समन्वयमा शवलाई युएईमै अन्त्येष्टि गरिएको हो ।

कोरोनाका कारण ज्यान गुमाउने ३६ जना र अन्य कारणले ज्यान गुमाएका समेत गरी ६९ जनाकोे शव युएईमै अन्त्येष्टि गरिएको छ ।

कोरोनाबाहेकका कारण ज्यान गुमाएकाहरुको शव लामो समयसम्म यहीँ अड्किएको र हवाई उडान ठप्प भएपछि यहीँ रहेका आफन्तले अन्तिम संस्कार गरेका हुन् ।

यसक्रममा २६ वटा शव भने नेपाल पठाइएको छ । चारवटा शव नेपाल पठाउने क्रममा छ । ११ वटा शवको भने विस्तृत रिपोर्ट प्राप्त भइनसकेको दूतावासले जनाएको छ ।

प्रकाशित मिति: Aug 13, 2020

प्रतिक्रिया दिनुहोस्