Logo
७ बैशाख २०८१, शुक्रबार
(August 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टिचिङ अस्पतालका चिकित्सक र नर्सलाई कोरोना देखिएपछि आकस्मिक कक्ष सिल

टिचिङ अस्पतालका चिकित्सक र नर्सलाई कोरोना देखिएपछि आकस्मिक कक्ष सिल गरिएको छ

नेपालमा कोरोना सक्रमण तिब्रगतिमा फैलिरहेको अवस्थामा त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत दुईजना मेडिकल अफिसरलाई कोरोना संक्रमण देखिएपछि आकस्मिक कक्ष सिल गरिएको हो ।

अस्पतालका कोभिड १९ संयोजक डा.सन्तकुमार दासले आकस्मिक कक्षका मेडिकल अफिसरलाई कोरोना देखिएपछि उक्त वार्ड सिल गरिएको जानकारी दिए ।

उनीहरुमा बुधबार आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।उनका अनुसार थप अन्य आकस्मिक वार्डका अन्य कर्मचारीहरुको (आज)नमुना संकलन गरिनेछ ।

उनीहरुको रिपोर्ट आएपछि मात्र आकस्मिक वार्ड नियमित गरिने उनले बताए । हालसम्म अस्पतालको मेडिसिन वार्डमा कार्यरत चारजना नर्समा पनि संक्रमण देखिएको थियो ।

प्रकाशित मिति: Aug 13, 2020

प्रतिक्रिया दिनुहोस्