Logo
१३ बैशाख २०८१, बिहीबार
(August 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बरिष्ठ पत्रकार बलराम बानियाँको निधन रहस्यमय : नेपाल पत्रकार महासंघ

बरिष्ठ पत्रकार बलराम बानियाँको निधनलाई नेपाल पत्रकार महासंघले रहस्यमय भनेको छ । महासचिव रमेश बिष्टले एक विज्ञप्ती जारी गर्दे उनको निधनबारे गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसंग माग गरेका छन् ।

पत्रकार महासंघका पुर्व सचिव समेत रहेका बानियाँको बुधवार एक्कासी मृत्युको खबर आएको हो ।

महासंघको विज्ञप्ती जस्ताको त्यस्तै :

मिति : २०७७/४/२८

शोक विज्ञप्ती

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव बलराम बानियाँको दुखद निधनले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । विगत तीन दशकदेखि नेपाली पत्रकारिता जगतमा महत्वपूर्ण योगदान पु¥याउनुभएका बानियाँ पछिल्लो समय कान्तिपुर राष्ट्रिय दैनिकको सहायक सम्पादकका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

यही २०७७ साल साउन २६ गते दिउँसोदेखि काठमाडौंबाट सम्पर्कविहीन रहनुभएका बानियाँकोे शव मकवानपुरको सिस्नेरीस्थित माण्डु जलविद्युत आयोजना स्थलमा भेटिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

महासंघ बानियाँको रहस्यमय ढंगले भएको निधन बारे गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसंग माग गर्दछ । पत्रकार बानियाँले पत्रकारिता क्षेत्रमार्फत लोकतन्त्र, मानव अधिकार, विधिको शासन, प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा तथा नागरिक अधिकारको पक्षमा पु¥याउनु भएको अतुलनीय योगदानको उच्च कदर गर्दै महासंघ दिवंगत बानियाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना समेत व्यक्त गर्दछ ।

रमेश विष्ट
महासचि

प्रकाशित मिति: Aug 12, 2020

प्रतिक्रिया दिनुहोस्