Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउड स्टार सञ्जय दत्तलाई लाग्यो फोक्सोको क्यान्सर

भारतीय बलिउड परिवारको लागि अहिलेको २०२० एकदम दु:खदायी बनेको छ । यो साल बलीउड परिवारले धरै कलाकार गुमाउन परेको छ ।

मंगलबार मात्र बलिउड स्टार सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको सुलासा गरिएको छ । मङ्गलबार साँझ फिल्मी पत्रकार कोमल नाथले यसबारे खुलासा गरेका हुन् ।

दत्तका नजिकका साथी नाथले ट्वीटबाट क्यान्सर भएको खुलाएपछि सञ्जयले आफू उपचारका लागि केही समय फिल्मबाट टाढा रहने ट्वीट गरको छन् ।

उनले शुभचिन्तकहरुलाई नडराउन भनेका छन् ।दत्त दुबईमा रहेकी पत्नी मान्यता दत्त र बच्चाहरुबारे चिन्तित रहेको बताइएको छ । उनी उपचारका लागि अमेरिका जाने भएका छन् ।

यसअघि दत्त ८ अगष्टमा अस्पताल भर्ना भई दुई दिनपछि डिस्चार्ज भएका थिए ।

प्रकाशित मिति: Aug 12, 2020

प्रतिक्रिया दिनुहोस्