Logo
७ बैशाख २०८१, शुक्रबार
(August 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वरिष्ठ पत्रकार बलराम बानियाँको शव फेला

सोमबार (साउन २६ मा) ढुंगेअड्डा तीनथानबाट हराएका बानियाँको शव सिस्नेरी स्थित माण्डो हाईड्रोपावरको फिल्टरमा फेला परेको छ ।

जुत्ता किनारमा छाडेर सोमबार काठमाडौंको बल्खु खोलामा हाम्फालेका पत्रकार बलराम बानियाँको शव हेटौंडामा फेला परेको हो ।

दुई दशकभन्दा लामो समयदेखि कान्तिपुर दैनिकसँग सम्बद्ध पत्रकार बानियाँ राजनीति र सुशासनमा कलम चलाउने कुशल पत्रकार मानिन्छन् । उनी तनहुँका बासिन्दा हुन् ।

असार १० गते कान्तिपुरको पहिलो पृष्ठमा चीनले नेपालको भूभाग ओगटेको समाचार उनको बाइलाइनमा प्रकाशित भएपछि सम्पादकीय समूहले सार्वजनिक क्षमायाचना गरेको थियो । त्यसयता बलराम कान्तिपुरमा कम भूमिकामा रहँदै आएका थिए ।

अस्ति मात्र सम्पादक सुधीर शर्मासङ्ग यौटा लेखबारे उनको फोनमा कुरा भएको तर आज यस्तो दुखद खबर सुन्नुपरेको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले जनआस्थालाई बताए ।

मदिरा सेवन गरेको अवस्थामा खोलामा हाम्फालेका उनलाई बचाउनका निम्ति प्रत्यक्षदर्शीले डोरी र बाँससमेत दिएका थिए । तर, उनले ती दुबै चिजको प्रयोग गरेनन् वा गर्न सकेनन् ।

प्रहरीको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बुधबार विहान हेटौंडाको खोलामा उनको शव भेटेपछि अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल हेटौंडामा पुर्याइएको छ ।

प्रकाशित मिति: Aug 12, 2020

प्रतिक्रिया दिनुहोस्