Logo
१९ कार्तिक २०८१, सोमबार
(August 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कल्पनाको अर्को बयान : आँखै अगाडि छोरीलाई बलात्कार गर्न खोजेपछि हत्या गरेँ

प्रदेश ५ स्थित दाङका कृष्णबहादुर बोहोराको वीभत्स हत्याबारे अभियुक्त कल्पना मुडभरी पौडेलले दिएकी अर्को बयान आज बाहिरिएको छ । २५ साउनमा बोहोराको टोखानगरपालिका-१०, गोंगबु नवज्योतिमार्गका किरण बस्नेतको घरमा बोहोराको वीभत्स हत्या भएको थियो ।

उनको शव २६ साउनकाे बिहान शरीर, टाउको र खुट्टा छुट्टाछुट्टै स्थानमा प्रहरीले फेला पारेको थियो । उनको हत्या अभियोगमा प्रहरीले सोमबार राति चितवनकाे कालिका नगरपालिका-७ की कल्पनालाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ ।

कल्पनाले हत्या आफैँले गरेको साबिती बयान प्रहरीलाई दिइसकेकी छन् । हत्यापछि कल्पनाले बोहोराको शवलाई बाथरुममा लगेर खुट्टा, टाउको र शरीर काटेर सुटकेस र जेब्रा झोलामा हालेर फालेकी हुन् ।

बोहोराले खाँदै गरेको रक्सी र दहीमा निद्रा लाग्ने औषधि खुवाएर निदाएपछि अण्डाकोषमा मार्ताेलले हानेर हत्या गरेकी थिइन् ।

छोरीलाई बलात्कार प्रयास गर्न खोजेपछि हत्या

मंलगलबार प्रहरीले मृतक बोहोराले नक्कली फेसबुक आईडी खोलेर कल्पनाको नग्न तस्वीर पोस्ट गरेको र त्यही रिसमा उनको हत्या गरेको बताएका थिए ।

तर, हत्याको पछाडि अर्को पनि कारण रहेको खुलेको छ । मृतक बोहोराले २५ साउनमा कल्पनासँगै बसेर रक्सी खाँदै गर्दा उनकी १५ वर्षीया छोरीलाई समेत कल्पनाकै अगाडि बलात्कार प्रयास गरेको खुलेको हो ।

प्रहरीका अनुसार त्यही आवेगमा आएर कल्पनाले निद्रा लाग्ने औषधि दहीमा मिसाएर बोहोरालाई खुवाएर निदाउन थालेपछि छोरीकै अगाडि अण्डकोषमा मार्ताेलले हानेर हत्या गरेको बयान प्रहरीलाई दिएकी छन् ।

कल्पनाले प्रहरीलाई भनेकी छन्, ‘मृतक बोहोरा र मेरो लामो समयदेखिको सम्बन्ध हो । ऊ सधैँ मेरो कोठामा आइराख्थ्यो । हामीबीच सबै सम्बन्ध भएका छन् ।

तर, उसले छोरीमाथि पनि कुदृष्टि लगाउन थालेको थियो । घटना भएको दिन मेरैअगाडि छोरीलाई बलात्कार गर्न समात्योे । मैले छोरीकै अगाडि अण्डकोषमा मार्ताेलले हानेर हत्या गरेकी हुँँ ।’

अण्डकोषमा हानेर सलले घाँटी बेरेर हत्या गर्दा छोरी पनि सँगै रहेको र बोहोराको शव काट्दा मात्रै छोरीलाई टीभी रूममा पठाएकी प्रहरीलाई बताएकी छन् ।

कल्पना र बोहोराबीच सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान भएर लामो समयदेखि प्रेम सम्बन्धमा थिए । कल्पनाकी १५ वर्षीया छोरी सरकारी स्कुलमा पढ्दै आएकी थिइन् ।

उनी कक्षा-९ बाट भर्खर १० कक्षामा पुगेकी हुन् । कल्पनाका श्रीमानले उनलाई २ वर्षअघिदेखि नै उनलाई छोडिसकेका छन् । त्यस्तै, मृतक कृष्णबहादुर बोहोराले पनि बहुविवाह (दुई विवाह) गरिसकेका छन् ।

दुवै श्रीमती उनको सम्पर्कमा छैनन् । जेठी श्रीमती दाङ र कान्छी श्रीमती छोराछोरीसहित भारतमा बस्दै गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति: Aug 12, 2020

प्रतिक्रिया दिनुहोस्