Logo
१५ चैत्र २०८०, बिहीबार
(August 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाबाट जनकपुरका पूर्वमेयर कृष्ण गिरीको मृत्यु

प्रदेश नं २ स्थित जनकपुरका पूर्वमेयर कृष्ण गिरीको मंगलबार राति मृत्यु भएको छ ।

किड्नीमा समस्या देखिएपछि उपचारका लागि साउन ५ गते हवाइजहाज चार्टर गरेर काठमाडौं पुगेका उनलाई कोरोना संक्रमण भएको त्यहीँ पुष्टि भएको थियो ।

उपचारको क्रममा भैंसेपाटीस्थित मेडिसिटीमा भर्ना भएका उनको सोही अस्पतालमा मृत्यु भएको परिवारजनले जनाएको छ । मृत्युपछि अन्त्येष्टिको लागि उनको शव नेपाली सेनाले जिम्मा लिएको थियो ।

जनकपुरको रामा होटलका सञ्चालकसमेत रहेका गिरीले केहीदिन अगाडि मात्र जनकपुरस्थित होटलको भवनमा रहेका करिब तीनदर्जन पसल घरको भाडा बन्दाबन्दी अवधिसम्म छुट गर्ने निर्णय गरेका थिए ।

उनी समाजमा सकेजति सहयोग गर्ने स्वभावका थिए । उनको मृत्युपछि जनकपुरमा शोक छाएको छ । गिरीका दुईजना छोरा सन्तोष र कुन्दन दुवै डाक्टर छन् । कान्छो कुन्दन अष्ट्रेलियामा छन् । सन्तोष नेपालमै छन् ।

प्रकाशित मिति: Aug 12, 2020

प्रतिक्रिया दिनुहोस्