Logo
८ बैशाख २०८१, शनिबार
(August 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपाको विज्ञप्तिप्रति प्रधानमन्त्रीको सचिवालयद्वारा गम्भीर आपत्ती

जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको प्रेस विज्ञप्तिमार्फत् उल्लेख गरेपछि ओलीको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निन्दा गरेको छ।

प्रधानमन्त्रीप्रति लक्षित विज्ञप्तिमा रहेको ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने अशिष्ट र पूर्वाग्रही टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एक वक्तव्य जारी गरेर भनेका छन्।

२५ साउनमा प्रेस विज्ञप्तिमार्फत् जसपाले जारी गरेको विज्ञप्तिको बुँदालाई उल्लेख नै गरेर प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले आपत्ती जनाएका छन् ।

थापाले विज्ञप्तिमा उक्त टिप्पणीलाई अशिष्ट र पूर्वाग्रहरी भन्दै खेदजनक भनेका छन् । उनले जसपाका वरिष्ठ नेता डा।बाबुराम भट्टराईतर्फ इंकित गर्दै भनेका छन्, यस स्तरको तरिका खासमा कुण्ठाग्रस्त गालीगलोज मात्र हो र सोचको दिवालियापन नै हो ।

 

प्रकाशित मिति: Aug 11, 2020

प्रतिक्रिया दिनुहोस्