Logo
१३ बैशाख २०८१, बिहीबार
(August 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बोलबमको नाममा आडम्बरी : जनप्रतिनिधिकै अगुवाइ (हेर्नुस् भिडियो)

प्रदेश १ स्थित सुनसरीको देवानगन्ज गाउँपालिका भौतिक दुरीको धज्या उडाईएको छ ।

स्थानीय जनप्रतिनिधिकै अगुवाइमा वडा नम्बर ७ स्थित श्रावणको अन्तिम सोमबारी भन्दै आज तत्यहाँका युवा तथा गाउँबासीले भौतिक दुरीको धज्या उडाईएको हो ।

स्थानीय संचारकर्मी जुगेश दासका अनुसार बुढी खोला (तिनमोहा) बाट जल उठाइ देवानगन्ज गाउपालिका वडा नम्बर ७ मा रहेको शिव मन्दिरमा जल चढाउनका लागि भिडभड्का गरिएको हो ।

कोरोनाको माहामारीबीच स्थानीय प्रशासनले लकडाउन लगाएको छ । तर सोमबार त्यस्तो भीड भड्का देख्दा त्यसलाई नियन्त्रण गर्न भने प्रशासनको खासै पहल देखिएको थिएन ।

DJ Sound को साथमा भिडभाड गरिएको हो । सुनसरी प्रहरी प्रमुख कमल थापाले प्रहरीबाट पनि चुक भएको स्वीकार गरेका छन् ।

“जनता स्वयंको दाइत्ववोध देख्नुपर्ने हो, भिडियोमा युवापुस्ता नै देखिएका छन्” थापाले भने- “हाम्रो पनि कमजोरी भएकै हो । हामिले सम्बन्धित एरिया इन्चार्जलाई बिभागीय कारवाही गरिसकेका छौं ।”

प्रतिक्रिया दिनुहोस्