Logo
४ बैशाख २०८१, मंगलबार
(August 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तुम्लिङटारमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर सेवा शुरु

सङ्खुवासाभामा राष्ट्रिय वाणिज्य बैंकले खाँदबारी नगरपालिका-९ तुम्लिङटारमा एक्सटेन्सन काउन्टरबाट सेवा शुरु गरेको छ ।

साउन २२ देखि यो सेवा शुरु गरिएको खाँदबारी शाखाका प्रबन्धक अनिष रायमाझीले बताए । विशेष गरेर भोजपुरको उत्तरी क्षेत्रका पाँचखपन, धर्मदेवी र चैनपुर नगरपालिका तथा तुम्लिङटारका स्थानीयवासीले यहाँबाट सेवा लिने रायमाझीले बताए ।

वाणिज्य बैंकमा कारोबार गर्न सदरमुकाम नै धाउनुपर्ने गुनासो स्थानीयवासीले गरेपछि एक्सटेन्सन काउन्टरबाट सेवा शुरु गरिएको हो ।

यो काउन्टरबाट नगद जम्मा, भुक्तानी, पेन्सन, सामाजिक सुरक्षा भत्ता, तलबलगायत सेवा उपलब्ध हुनेछ ।

प्रकाशित मिति: Aug 10, 2020

प्रतिक्रिया दिनुहोस्