Logo
७ बैशाख २०८१, शुक्रबार
(August 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेडिसिटी अस्पतालमा उपचाररत ६४ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु

पछिल्लो समयमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढीरहेको अवस्थामा थप एक जना ६४ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत कलंकीका ६४ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

आज सोमबार बिहान उपचारको क्रममा उनको मृत्यु भएको ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख डा। खगेश्वर गेलालले जानकारी दिए ।

उनका अनुसार मधुमेहको रोगसँगै निमोनियाँको समस्या देखिएपछि साउन १५ गते अस्पताल भर्ना भएका थिए । ती पुरुषमा गत साउन १९ गते नमुना संकलन गरे साउन २२ गते कोरोना पुष्टि भएको थियो ।

प्रकाशित मिति: Aug 10, 2020

प्रतिक्रिया दिनुहोस्