Logo
६ चैत्र २०८०, मंगलबार
(August 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारी नम्बर प्लेटबाहेक अन्यलाई जोरविजोर प्रणाली कडाईका साथ लागू


सरकारी कर्मचारीलाई पनि सवारीसाधनमा जोरविजोर लागू भएको छ। ट्राफिक प्रहरीले सरकारी नम्बर प्लेटबाहेक सबैलाई जोरविजोर प्रणाली लागू भएको जनाएको छ।

ट्राफिक प्रहरीका प्रवक्ता वामदेव गौतमले सरकारी कर्मचारीलाई पनि जोरविजोर प्रणालीअनुसार रोकिएको बताए।

‘सरकारी नम्बर प्लेट भएकालाई जोरविजोर लागू हुँदैन’, उनले भने, ‘रातो नम्बर प्लेट भएका सवारीसाधनले अनिवार्य जोरविजोर प्रणाली अपनाउनुपर्छ।’

उनले अत्यावश्यक काम भएकालाई छाडिएको बताए।

‘राष्ट्र बैंकका कर्मचारीले रातो नम्बर प्लेटको साधन बोक्नुभएको रहेछ। सुरुमा रोकेका थियौँ। पछि सल्लाह गरेर राष्ट्र बैंकका कर्मचारीलाई छाड्यौँ’, उनले भने, ‘अत्यावश्यक काम भएर हस्पिटल वा कुनै ठाउँमा जानुपर्यो भने सहज गरिदिएका छौँ।’

उनले मिडियाकर्मी, स्वास्थ्यकर्मीलगायतलाई आफ्नो परिचय पत्र देखाएर गन्तव्यमा जान दिएको जानकारी दिए।

‘पहिला सार्वजनिक यातायात सञ्चालन थिएन, त्यसैले परिचयपत्रको आधारमा छाड्ने गरेका थियौँ’, उनले भने, ‘अहिले सार्वजनिक यातायात समेत चलेको अवस्थामा अत्यावश्यक काम हुनेलाई अप्ठ्यारो पर्दैन।’

प्रकाशित मिति: Aug 10, 2020

प्रतिक्रिया दिनुहोस्