Logo
१३ बैशाख २०८१, बिहीबार
(August 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशका पहाडी भेगमा दुईदर्जन करदाता सेवा कार्यालय विस्तार

सरकारले करको दायरा बिस्तार गर्ने सिलसिलामा देशभर दुई दर्जन करदाता सेवा कार्यालय थपेको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ देखि संचालनमा आउने गरी २४ वटा करदाता सेवा कार्यालय थप भएका छन् ।

यसरी थप भएका करदाता सेवा कार्यालयहरु अधिकांश पहाडी भेगका जिल्ला सदरमुकाममा स्थापना गरिएका छन् ।

मन्त्रालयको विवरण अनुसार काठमाडौंको जोरपाटीमा आन्तरिक राजस्व कार्यालय थपिएको छ । अन्य २४ स्थानमा भने करदाता सेवा कार्यालय सञ्चालनमा ल्याइएको छ । मन्त्रालयका अनुसार भोजपुुर, जलेश्वर, ओखलढुंगा, लालबन्दी, कलैया र चन्द्रपुरमा करदाता सेवा कार्यालय स्थापना भएको छ ।

सिन्धुली, मन्थली, चरिकोट,सन्धीखर्क (अर्घाखाँची), खैरहनी (चितवन), गोरखा, बेसिशहर, परासी र स्याङ्जाको पुतलीबजारमा पनि कार्यालय स्थापना भएको छ । कुश्मा, तमघास, तौतिहवा, चकचके (प्यूठान), , गुलरिया, श्रीनगर (सल्यान), साँफेबगर (अछाम, दिपायल र थपरीमा समेत चालु आवबाट सञ्चालनमा आउने गरी करदाता सेवा कार्यालय स्थापना गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

आन्तरिक राजस्व व्यवस्थापनका लागि केन्द्रमा आन्तरिक राजस्व विभाग रहेको छ । त्यस मातहत एक ठूला करदाता कार्यालय र अर्को मध्यमस्तरीय करदाता कार्यालय संचालनमा छन् । आर्थिक गतिविधि बढी हुने स्थानमा आन्तरिक राजस्व कार्यालय संचालनमा ल्याइएको छ । जिल्लास्तरमा भने करदाता सेवा कार्यालय सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति: Aug 10, 2020

प्रतिक्रिया दिनुहोस्