Logo
६ चैत्र २०८०, मंगलबार
(August 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अध्यागमन विभागका एक कर्मचारीमा कोरोना देखिएपछि इमर्जेन्सीबाहेक सबै सेवा बन्द

पछिल्लो समयमा नेपालमा कोरोना संक्रमण बढ्दै गइरहेको अवस्थामा अध्यागमन विभागका एक कर्मचारीमा पोजेटिभ आएपछि इमर्जेन्सी बाहेक सबै सेवा बन्द गरिएको ।

विभागको महानिर्देशक रमेशकुमार केसीका अनुसार विभागका ५७ जना कर्मचारीको पीसीआर परिक्षण गरिएको थियो ।

त्यसमध्ये ५६ जनामा कोरोना नेगेटिभ आएको छ । एक जनामा भने पोजेटिभ आएको छ । ‘कर्मचारीमा पोजेटिभ आएपछि इमर्जजेन्सीबाहेक सबै सेवा बन्द गरेका छौं,’ उनले भने, ‘अब उहाँको सम्पर्कमा आएका व्यक्तिको खोजी गरेर थप परीक्षण हुन्छ ।’

उनका अनुसार विभागको केन्द्रीय कार्यालयको सेवा बन्द भएपनि त्रिभुवन विमानस्थलस्थित अध्यागमन विभागको काम भने नियमित रहेको छ ।

विमानस्थलका कर्मचारीको समेत नियमित परीक्षण भइरहेको र त्यहाँ भने पोजेटिभ नपाइएको महानिर्देशक केसीले जानकारी दिए ।

प्रकाशित मिति: Aug 10, 2020

प्रतिक्रिया दिनुहोस्