Logo
१३ बैशाख २०८१, बिहीबार
(August 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेट्रो कन्ट्रोलमा कार्यरत तीन जना प्रहरीलाई कोरोना संक्रमण

महानगरीय प्रहरी कार्यालय रानीपोखरीस्थित मेट्रो कन्ट्रोलमा कार्यरत तीन जना प्रहरीमा कोरोना पुष्टि भएको छ ।

फोन गर्दा पैसा नलाग्ने प्रहरीको १०० नम्बरमा कार्यरत तीन प्रहरी जवानमा कोरोना पुष्टि भएको प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

मेट्रो कन्ट्रोलमा १ सय जना प्रहरी कार्यरत रहेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । उक्त मेट्रो कन्ट्रोलमा २४ घण्टा नै प्रहरी परिचालन भएका हुन्छन् ।

संक्रमित व्यक्तिहरुको निकट सम्पर्कमा रहेकालाई पीसीआर परीक्षणको तयारी गरिएको छ ।यसअघि रानीपोखरीमै कार्यरत एक जना प्रहरीमा पनि कोरोना संक्रमण देखिएको थियो ।

यसैगरी नेपाल प्रहरीको पहरा गण सामाखुसी र नगर प्रहरी एक जनामा पनि कोरोना संक्रमण देखिएको छ । नगर प्रहरीलाई ज्वरो आएपछि परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

प्रकाशित मिति: Aug 10, 2020

प्रतिक्रिया दिनुहोस्