Logo
११ बैशाख २०८१, मंगलबार
(August 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घुस लिएर काठमाडौँ आउँदै गरेका खानेपानीका हाकिम धादिङमा पक्राउ

प्रदेश नं ५ स्थित नेपाल खानेपानी संस्थानको कार्यालय बुटवलका कार्यालय प्रमुख इन्जिनियर घुस लिएर काठमाडौँ आउँदै गरेका खानेपानीका हाकिम धादिङमा अख्तियारले  पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार इन्जिनियर सन्तोष साह स्रोत नखुलेको २ लाख ३३ हजार ५ सय रुपैयाँ र ८ लाख २२ हजार बराबरको बैङ्क भौचरसहित धादिङबाट पक्राउ परेका हुन् ।

आयोगका अनुसार इन्जिनियर साहलाई खानेपानी कार्यालयका विभिन्न व्यक्तिहरूबाट घुस असुल गरी काठामाडौं आउँदै गरेको अवस्थामा  धादिङ धुनिवेसी नगरपालिका -८ खानीखोलाबाट पक्राउ गरिएको हो ।

खानेपानी संस्थानको लु १ ञ ९५ नं. को गाडीमा बुटवलबाट काठमाडौँ आउँदै गर्दा खानी खोलामा गाडी चेक गर्ने क्रममा उनी सँग रहेको श्रोत नखुलेको नगद रकम दुई लाख तेत्तीस हजार पाँच सय र बैङ्कमा जम्मा गरेको बैङ्क भौचर आठ लाख बाइस हजार बराबरको रकमसहित नियन्त्रणमा लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: Aug 10, 2020

प्रतिक्रिया दिनुहोस्