Logo
७ बैशाख २०८१, शुक्रबार
(August 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीरगञ्जमा कोरोना सङ्क्रमित ४५ वर्षीय महिलाको मृत्यु

प्रदेश २ स्थित वीरगञ्जमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नं. १५ भेडीयाहीकी ४५ वर्षीय महिला रहेकी छन् ।महिलामा मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

उनको मृत्यु पश्चात कोरोना परिक्षणका लागि स्वाब जम्मा गरेर नारायणी अस्पतालको प्रयोशाला पठाईएको थियो ।

सोमबार नारायणी अस्पतालकको प्रयोगशालाले सार्वजनिक गरेको कोरोना पुष्टि भएका व्यक्तिहरुको नामावालीमा उनको नाम पनि रहेको छ ।

महिलाको नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका इन्चार्ज डा. उदय नारायण सिंहले बताए ।

उच्च रक्तचाप र हाइपोथाइराइडबाट सङ्क्रमित महिलालाई कोरोनाको शङ्कामा आइतबार गण्डक अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालको आइसीयु कक्षमा उपचार गर्दा गर्दै उनको मृत्यु भएको डा. सिंहले बताए । उनले मृतक महिलालाई बचाउन आफुहरुले हरेक कोशिस गरेरपनि असफल भएको भन्दै दु:ख व्यक्त गरे ।

मृतक महिलाको शव अहिले पनि कोभिड अस्पतालमा रहेको छ । उनको शव व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको डा. सिंहले जानकारी दिए ।

प्रकाशित मिति: Aug 10, 2020

प्रतिक्रिया दिनुहोस्