Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी ६ गुण भएका युवती हुन्छन् असाध्यै भाग्यमानी

सामान्यतया नारीलाई घरको गहना मानिन्छ । भनिन्छ यदि नारी घरको राम्रो भयो भने त्यो घर स्वर्ग जस्तै बन्छ ।

आज हामी भाग्यमानी महिलामा हुनु पर्ने गुणहरुको बारेमा केहि तपाइसामु चर्चा गर्न गइरहेका छौ । शिव पुराणमा कुमार कार्तिकेयले मानिसमा यस्ता गुण बताएका छन् जुन गुण हुने ब्यति सौभाग्यशाली, भाग्यमानी र शुभ फल प्राप्त गर्छन् ।

उक्त पुराणमा भाग्यमानी कन्यामा हुने ६ गुणबारे उल्लेख गरिएको छ । त्यस्ता युवतीसँग विवाह गर्ने पुरुष पनि धरै भाग्यमानी हुने पुराणमा उल्लेख छ ।

१. समुन्द्र शास्त्र अनुसारका जुन युवतीको अनुवार आफ्नो बाबुसँग मिल्छ त्यस्ता युवती भाग्यमानी हुन्छन् । उनीहरुले जीवनमा सुखभोग गर्ने र चाहेको कुरा प्राप्त गर्ने उक्त शास्त्रको दावी छ । त्यस्तै आमासँग अनुहार मिल्ने युवक पनि भाग्यमानी मानिन्छ ।

२. आँखीभौँ जोडिएका युवतीलाइै विश्वास गर्न नसकिने समुन्द्र शास्त्रको भनाइ छ । आँखीँभौं धनुष जस्तै झुकेको भए यस्ता युवतीलाई भाग्यमानी मानिन्छ ।

३. सिन्दुर लगाउने स्थान सिधा र उठेको छ भने त्यस्ता युवती पनि भाग्यमानी मानिन्छन् ।

४.गोलो र चिल्लो तथा आर्कषक अनुहार भएका युवती पनि भाग्यमानी हुन्छन् ।

५. जुन युवतीको शिरको अगाडीको भाग उठेको छ त्यस्ता युवती धनी र वैभवशाली हुने मानिन्छ ।

६.कालो कपाल भएका र अगाडितिर झुकेको कपाल हुने युवती भाग्यमानी हुने समुद्र शास्त्रमा उल्लेख छ । चिल्लो कोेमल र मुलायम कपाल भएका कन्यालाई उत्तम मानिएको छ ।एजेन्सी

प्रकाशित मिति: Aug 9, 2020

प्रतिक्रिया दिनुहोस्