Logo
८ बैशाख २०८१, शनिबार
(August 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

के तपाई दाँत दुखेर हैरान हुनुहुन्छ ? यसरी गर्न सकिन्छ घरमै उपचार

दाँत दुखने समस्या हामी जोकोहिलाई पनि हुन सक्छ । अहिलेको समयमा बढी हामीले गुलियो परिकार बढीखाने गर्दछौ त्यसकारण प्रायजसो मानिसहरुको दाँत दुख्ने समस्या भएको हुन्छ ।

यदि हामीलाई दाँतमा दुखाइभयो भने हामी राम्रोसँग खान पनि खान सक्दैनौ । आज हामी तपाइलाई दाँतको दुखाइबाट बच्न केहि घरेलु उपायबारे चर्चा गर्न गइरहेका छौ ।

१. नुन र मरिच पनि दाँत दुखेमा प्रभावकारी हुन्छन् । अलिकति पानीमा नुन र मरिच मिसाउनुपर्छ । त्यस पेस्टलाई दुखेको दाँतमा लगाउनुपर्छ । यसो गर्दा दाँतमा किरा लाग्ने समस्या हट्छ ।

२ .प्याजमा दुखाइ कम गर्ने गुण हुन्छ । त्यसका लागि प्याजको एउटच सानो टुक्रा लिनुपर्छ । दुखेको दाँतमा केहि बेर राख्नुपर्छ । बिस्तारै -बिस्तारै चपाउनुपर्छ । प्याजको टुक्रा मुखमा राख्न नचाहनेले प्याजको रसमा कपास डुबाएर दाँतमा लगाउनु पर्छ ।

३.लसुनको केस्राले पनि दाँतको दुखाइ कम गर्न मद्दत गर्छ । लसुनको एउटा केस्रालाई दुखेको दाँतमा राख्ने बिस्तारै -बिस्तारै चपाउनु पर्छ । १०-१५ मिनेटपछि दाँत दुख्न कम भएको महशुस हुने छ ।

४. अम्बाका ताजा पात लिनुपर्छ । ती स साना ताजा पातलाई धोएर दाँत दुखेको भागले चपाउने अथवा ती पातलाई पानीमा उमालेर त्यसले कुल्ला गर्ने । यसो गर्दा दाँतको दुखाइ कम हुन्छ । (पत्रपत्रिका)

 

प्रकाशित मिति: Aug 9, 2020

प्रतिक्रिया दिनुहोस्