Logo
१२ बैशाख २०८१, बुधबार
(August 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय विदेशमन्त्रीको भनाइप्रति कांग्रेसका प्रवक्ताको आपत्ति

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भारतका विदेशमन्त्री एस जयशंकरले बुद्ध भारतमा जन्मिएको भनि दिएको अभिव्यक्तिको विरोध गरेका छन् ।

भारतीय विदेशमन्त्री जयशंकरले गौतम बुद्ध भारतीय नागरिक भनेपछि प्रवक्ता शर्माले आपत्ति जनाएका हुन् ।

“भगवान बुद्ध नेपालमा जन्मिएका हुन् । त्यो भूभाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्यविरुद्ध भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति हाम्रो गम्भीर आपत्ति छ,” उनले आइतबार ट्‍विटमार्फत भनेका छन्, “आवेगको जवाफमा आवेग पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्‍याउने कार्य हाम्रा लागि किमार्थ स्वीकार्य छैन ।”

भारतीय उद्योगी तथा व्यवसायीहरुको संगठन ‘कन्फडरेसन अफ इन्डियन इन्डस्ट्री’ ले आयोजना गरेको भर्चुअल सम्मेलनलाई सम्बोधन गर्दै जयशंकरले शनिबार गौतम बुद्धलाई ‘महान् भारतीय नागरिक’ भनेका थिए ।

 

प्रकाशित मिति: Aug 9, 2020

प्रतिक्रिया दिनुहोस्