Logo
१५ चैत्र २०८०, बिहीबार
(August 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं उपत्यकामा २४ घन्टामा ६२ जनामा कोरोना संक्रमण पुष्टि

२४ घन्टामा उपत्यकामा ६२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको कोभिड १९ नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा उपत्यका ३ जिल्लामा ६२ जनामा संक्रमण पुष्टि भएको जानकारी गराएको हो ।

प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं ५६, ललितपुर ३ र भक्तपुरमा ३ संक्रमित फेला परेका छन् ।

२४ घन्टाको अद्यावधिक विवरणमा शुक्रबार उपत्यकामा १०६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको थियो ।

प्रकाशित मिति: Aug 8, 2020

प्रतिक्रिया दिनुहोस्