Logo
८ बैशाख २०८१, शनिबार
(August 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वमा अहिलेसम्म १ करोड २५ लाख ५० हजार ६३१ जना कोरोनामुक्त

विश्वमा एक करोड २५ लाख ५० हजार ६३१ जना कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ ।

कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी सात लाख २४ हजार १८६ जनाको मृत्यु भएको पनि सो संगठनले जनाइएको छ ।

सो संगठनकाअनुसार शनिबारसम्म विश्वभरीमा एक करोड ९५ लाख ४९ हजार ९०१ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

ती मध्ये एक करोड २५ लाख ५० हजार ६३१ कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भएका छन् । विश्वभरमा हाल ६२ लाख ७५ हजार ८४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ ।

सङ्क्रमितमध्ये ६४ हजार ९९४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५० लाख ९५ हजार ७४८ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् ।

यस प्रकोपका कारण अमेरिकामा एक लाख ६४ हजार १०४ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । दक्षिण अमेरिकामा ४६ लाख २५ हजार ४५४ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् ।

यहाँ एक लाख ५६ हजार ८०३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५९ लाख ९६ हजार ४०२ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख ३२ हजार १२४ जनाको मृत्यु भएको छ ।

युरोपमा ३० लाख १० हजार ५१० जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ५ हजार ६४५ को मृत्यु भएको छ ।

एसिया ४८ लाख ६८ हजार ७४६ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख ६ हजार ७४२ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा दश लाख २५ हजार ४६४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २२ हजार ५५३ जनाको मृत्यु भएको छ ।

ओसियानामा २२ हजार ५७२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ३०४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: Aug 8, 2020

प्रतिक्रिया दिनुहोस्