Logo
१३ बैशाख २०८१, बिहीबार
(August 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् ! अनुहारको कुन भागमा चाउरी पर्दा कुन रोगको खतरा ?

अहिलेको मानिसको खानपिन तथा उसको जीवनशैलिले गर्दा अहिले उमेर भन्दा बढी छिटो चाउरी परिरहेको हुन्छ भने अहिलेको जमनामा बढी कसमेटिक विभिन्न किरिमहरु लाउने गर्दछन् जसको कारण छालाको प्राकृतिक गुण हराएर आजने गर्दछ ।

आज हामी तपाईलाई अनुहारको कुन भागममा चाउरी पर्दा के हुन्छ भन्ने तपाईलाई जानकारी दिन गइरहेका छौ ।अनुहारमा आउने चाउरीपनले उमेर ढल्किँदै गएको संकेत गर्छ, यसमा कुनै शंका छैन ।

तर उमेर छँदै अर्थात् जवानीमै अनुहार चाउरी पर्नु भने अस्वभाविक हो र यसका अन्य केही कारण हुनसक्छन् । बदलिँदो जिवनशैलीले मानिसलाई छिटै बुढो बनाउँदै लगेको छ । हृदयाघात, मधुमेह, रक्तचाप जस्ता अनेक रोगहरुले जुनसुकै उमेरका मानिसलाई पनि दुख दिने गरेको पाइएको छ ।

त्यसैले यी गम्भीर रोगहरुबाट बच्नको लागि ऐनामा आफ्नो अनुहार नियमित रुपमा हेर्नुहोस् अनि अनुहारमा जवानीमै चाउरी परेको छ भने गम्भीर हुनुहोस् ।

किनकी यो तपाइँको सुन्दरताको लागि मात्र चुनौति होइन यावत गम्भीर रोगको लक्षण पनि हुनसक्छ । अनुहारको कुन भागमा चाउरी पर्नुको लक्षण के हुनसक्छ ?

-उमेर बढेसँगै निधारमा चाउरी पर्नु सामान्य हो । तर उमेर छँदै निधारमा चाउरी पर्नु भनेको सरीरमा बोसो बढ्नु तथा सुगर बढ्नुको लक्षण हुनसक्छ ।

-आँखाको ठीक मुनिपट्टि चाउरी पर्नु भनेको रगतमा कोलेस्ट्रोल बढेको संकेत हो । त्यसैले यस्तो लक्षण देखिएमा तुरुन्तै भोजनमा उच्च कोलेस्ट्रोलयुक्त खानेकुरा समावेश गर्न तुरुन्त बन्द गर्नुहोस् ।

-परेलामा चाउरी पर्नु पनि खतराको लक्षण हो । दायाँ परेलामा चाउरी पर्नु भनेको कलेजो खराब भएको लक्षण हुनसक्छ भने बायाँ परेलाको चाउरीले पित्तथैली कमजोर बनेको संकेत गर्दछ ।
-गालामा अत्यधिक चाउरीहरु देखिएको छ भने यो पाचन सम्बन्धी समस्याको लक्षण हुनसक्छ ।

-हाँस्दाखेरी अनुहारमा निकै धेरै मुजाहरु पर्दछ भने एकपटक सुगरसँगै पेटसम्बन्धी रोगको जाँच गरिहाल्नुस् ।

– ओठको किनारामा चाउरी पर्नु कमजोर प्रजनन क्षमता तथा शारीरिक दुर्वलताको लक्षण हो ।

-नाक तथा नाक र आँखिभौँको बीचमा चाउरी पर्नु एलर्जीको संकेत हुनसक्छ ।

-आँखाको किनारामा मुजा तथा चाउरी पर्नु भनेको कमजोरीको लक्षण हो । त्यसैले सन्तुलित तथा पौष्टिक भोजन गर्नुहोस् ।
निधारमा नसाहरु प्रष्ट देखिनु भनेको उच्च रक्तचापको लक्षण हो ।

-कुरा गर्दा वा हाँस्दा माथिल्लो ओँठमा चाउरी पर्नु भनेको धुम्रपान तथा मध्यपानले असर पूराएको भनि बुझ्नुपर्छ ।

 

प्रकाशित मिति: Aug 8, 2020

प्रतिक्रिया दिनुहोस्