Logo
१५ चैत्र २०८०, बिहीबार
(August 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एउटै टोलका ८ जनामा कोरोना देखिएपछि काठमाडौंको गहनापोखरी-हाँडीगाउँ क्षेत्र सिल

काठमाडौं : काठमाडौंको गहनापोखरी-हाँडीगाउँ क्षेत्र सिल गरिएको छ । गहनापोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलमा आठ जनालाई कोरोना संक्रमण देखिएपछि सो क्षेत्र सिल गरिएको हो ।

संक्रमितहरु नेपाल प्रहरी, प्रहरीका परिवार र स्थानीय घर धनीहरु रहेको काठमाडौं महानगरपालिका वडा नं. ५ का अध्यक्ष रमेश डंगोलले जानकारी दिए ।

त्यहाँ अघिल्लो बिहीबार एक प्रहरीमा सुरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रहरीका परिवारमा थप चार जनामा पनि कोरोना देखिएको थियो । उनीहरुको सम्पर्कमा रहेकाको स्वाब संकलन गरेर परीक्षण गर्दा शुक्रबार थप पाँच जनामा कोरोना पुष्टि भएको थियो ।

प्रकाशित मिति: Aug 8, 2020

प्रतिक्रिया दिनुहोस्