Logo
१५ चैत्र २०८०, बिहीबार
(August 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीमती र भतिजको खातामा सरकारी रकम जम्मा गर्ने लेखापालसहित ४ जना पक्राउ

कर्णाली प्रदेश स्थित रुकुम पश्चिमा श्रीमती र भतिजोको खातामा अनधिकृतरुपमा लाखौँ सरकारी रुपैयाँ जम्मा गर्ने गाउँपालिका लेखापालसहित ४ जनालालाई पक्राउ परेका छन् ।

जिल्लाको त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीसहित स्थायी शिक्षक समेत रहेका उनका भाइ विकास केसी, भतिज भिमशेन केसी र सोही पालिकामा करारमा सह-लेखापाल समेत रहेका भतिज सुवास केसी लगायत ४ जनालाई राति गाउँपालिको कार्यालयबाट पक्राउ गरिएको हो ।

आर्थिक वर्ष २०७६-०७७ मा लेखापाल केसीले विभिन्न शीर्षकको सरकारी रकम आफू, श्रीमती र त्रिवेणीमै लेखा सहयोगीको काम गर्ने भतिजा सुवासको नाममा जम्मा गरेको खुलेको थियो । उनले श्रीमती विर्मा र दाइका छोरा सुवासको नाममा झन्डै २५ लाख रुपैयाँ जम्मा गरेको खुलेको थियो ।

।केसीले ८ लाख आफ्नो नाममा र विर्माको नाममा फरक फरक मितिमा ८ लाख ८६ हजार रुपैयाँ जम्मा गरेको पाइएको थियो भने लेखा सहयोगीको रूपमा कार्यरत भतिजा सुवासको खातामा तलब शीर्षकमा ७ लाख ९१ हजार रकम जम्मा गरेका भेटिएको थियो ।

आर्थिक वर्ष २०७६-०७७ मा कार्यान्वयन भएका योजनामा बजेट अपुग भएको गुनासो बढेपछि गाउँपालिकाले आवश्यक अनुसन्धान गरेको थियो ।

सो क्रममा लेखापाल केसी उनकी श्रीमती विर्मा र भतिजा सुवासको खातामा जम्मा भएको सरकारी रकम फिर्ता भईसकेको छ तीन दिनमा ४ पटक गरी गाउँपालिकाको सञ्चित खातामा २४ लाख ९२ हजार ३ सय ७२ रुपैयाँ फिर्ता भएको हो ।

लेखापालसहित ४ जनालाई पक्राउ गरिएको रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले पुष्टि गरे ।

यद्यपि के कारण कुन अवस्थामा पक्राउ परे भन्नेबारे उनले केही बोल्न चाहेनन् । तर आफूविरुद्धका सबै प्रमाण नष्ट गर्नकै लागि उनीहरु राति नौँ बजे कार्यालयमा गएको स्रोतले बताएको छ ।

राति करिब ९ बजेको समयमा कार्यालयमा आएर कागजात नष्ट गर्ने क्रममा स्थानीयले देखेर प्रहरीलाई खबर गरेपछि सईको नेतृत्वमा गएको टोलीले पक्राउ गरेको हो

प्रकाशित मिति: Aug 7, 2020

प्रतिक्रिया दिनुहोस्