Logo
११ बैशाख २०८१, मंगलबार
(August 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पर्सामा थप १ सय ४१ जनामा कोरोना सङक्रमण पुष्टि

प्रदेश नं २ स्थित पर्सामा एकै दिन थप १ सय ४१ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।

नारायणी अस्पतालमा रहेको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १ सय ४१ जनामा सङक्रमण पुष्टि भएको हो ।

आज २१ महिलासहित १ सय ४१ जना सङ्क्रमित थपिएको अस्पतालका डाक्टर निरज सिंहले जानकारी दिए । सङ्क्रमितमध्ये ४३ जना प्रहरीको हिरासतमा रहेका छन् ।

नियमित जाँचको क्रममा स्वाब परीक्षण गराएको पर्साका प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिए ।

प्रकाशित मिति: Aug 7, 2020

प्रतिक्रिया दिनुहोस्