Logo
७ बैशाख २०८१, शुक्रबार
(August 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनमा फेरि नयाँ रेकर्ड, तोलाकै १ लाख ३ हजार ५ सय

सुनको भाउ आज तोलामा १ हजार रुपैयाँ बढेर तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको १ लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता आकर्षित भएको तर उत्पादन कम भएको तथा ठूला देशबीच द्वन्द्व बढ्दै गएकाले सुनको भाउ लगातार उकालो लागेको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताए ।

यस्तै चाँदीको भाउले पनि आज रेकर्ड बनाएको छ । चाँदी आज तोलामा ६० रुपैयाँ बढेर तोलाको १४ सय ५ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति: Aug 7, 2020

प्रतिक्रिया दिनुहोस्