Logo
७ बैशाख २०८१, शुक्रबार
(August 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एनसिसी बैंकमा रमेशराज अर्यालले दोस्रो कार्यकालका लागि पाए निरन्तरता

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याललाई दोस्रो कार्यकालका लागि दोहोर्‍याएकाे छ। साउन १९ गते बसेको सञ्चालक समिति बैठकले उनलाई दोहोर्‍याउने निर्णय गरेको हो।

अर्यालको पहिलो कार्यकाल भदौ मसान्तबाट सकिँदैछ। समितिले असोज एक गतेदेखि लागू हुने गरि आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।

स्टाण्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ करिअर सुरुवात गरेका अर्यालले तीन दशकभन्दा धेरै अनुभव बटुलिसकेका छन्।

प्रकाशित मिति: Aug 6, 2020

प्रतिक्रिया दिनुहोस्