Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीदेखि प्रहरी महानिरीक्षकसम्मलाई कोरोना संक्रमित मन्त्रीले भेटेको खुलासा

प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवले प्रधानमन्त्रीदेखि प्रहरी महानिरीक्षकसम्मलाई भेट गरेको खुलेको छ ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवमा बुधबार बेलुका कोरोना संक्रमण पुष्टि भएको हो ।

उनले पछिल्लो एक हप्तामा ‘भिभिआइपी’ लाई भेटेको खुलेको हो । मन्त्री यादव साउन १८ गते काठमाडौँबाट फर्केर १९ गते स्वाब संकलन गराउँदा बुधबार बेलुका उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

मन्त्री यादव बालुवाटारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव पारित गर्दै प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठक सहभागी भएका थिए ।

सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरू, गृह सचिव, गृह मन्त्रीका दुई सल्लाहकार, प्रहरी महानिरीक्षक लगायतको सहभागितामा बैठक भएको थियो ।

त्यस्तै मन्त्रि यादव धनुषामा पार्टी प्रवेश कार्यक्रममा समेत सहभागिता जनाएका थिए । रिपोर्ट पोजेटिभ आएपछि उनी मन्त्री निवासमै आइसोलेशनमा छन् । उ

नले आफ्नो सम्पर्कमा आएकाहरुले जाँच गराउन आग्रह गरेका छन् ।

प्रकाशित मिति: Aug 6, 2020

प्रतिक्रिया दिनुहोस्