Logo
११ बैशाख २०८१, मंगलबार
(August 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय टिभी अभिनेता समिर शर्माले गरे आत्महत्या

बर्तमान समयमा छिमेकी देश भारतमा आत्महत्याको घटना दिनप्रतिदिन बढ्दै गइरहेको छ । भारतमा मनोसञ्जन दुनियाँका सेलिब्रेटिहरु एक पछि अर्को गर्दै आत्महत्या गरि मृत्युलाई रोजीरहेका छन् ।

‘ये रिश्ता हे प्यार के ’ टेलिश्रृङ्खालाका अभिनेता समिर शर्माले मुम्बईस्थित आफ्नो घरमा आत्महत्या गरेका छन् ।

४४ वर्षका समिर शर्मालाई बुधबार राती मलाड पश्चिममा अहिंसा मार्गस्थित नहा सिएचएस बिल्डिङमा आफ्नो घरमा झुण्डिएको अवस्थामा फेला पारिएको हो ।

मलाड प्रहरीका अनुसार समिरले यसै वर्ष फेब्रुअरीमा अपार्टमेन्ट भाडामा लिएका थिए । रातीको ड्युटीमा खट्ने क्रममा चौकीदारले शव देखे र वरिपरिका मानिसलाई जानकारी दिए ।

शवको स्थिती हेर्दा प्रहरीले अभिनेताले दुई दिनअघि नै झुण्डिएर आत्महत्या गरेको हुनसक्ने आशंका गरेका छन् ।

घटनास्थलबाट कुनै सुसाइड नोट भने भेटिएको छैन । समिरले दिल क्या चाहता हे बाट टिभीमा डेब्यू गरेका थिए । उनी कहानी घर घरकीमा पनि देखिएका थिए ।

प्रकाशित मिति: Aug 6, 2020

प्रतिक्रिया दिनुहोस्