Logo
८ बैशाख २०८१, शनिबार
(August 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजारमा आज सुनको भाउ तोलाको १ लाख २ हजार ५०० पुग्यो

आज सुनको मूल्य ११ सयले बढेर तोलाको १ लाख २ हजार पाँच सय पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको कारोबार प्रतोतोला मूल्य एक लाख दुई हजार पाँच सय रुपैयाँ तोकेको छ ।

एक तोला सुनको यो मूल्य हालसम्मकै उच्च हो । महासंघले तेजाबी सुनको प्रतितोला मूल्य एक लाख दुई हजार रुपैयाँ तोकेको छ ।

बिहीबारका लागि चाँदीको खरिद बिक्री मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ छ । बढ्दो मूल्यका कारण सुन चाँदीको बिक्र अत्यन्तै न्यून रहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बढेको भाउको असर नेपालमा देखिएको महासंघका महाचिव धर्मसुन्दर बज्राचार्यले बताएका छन् । सुनको भाउ बढने क्रम तत्काल रोकिने सम्भावना नभएको पनि उनको भनाइ छ ।

प्रकाशित मिति: Aug 6, 2020

प्रतिक्रिया दिनुहोस्