Logo
७ बैशाख २०८१, शुक्रबार
(August 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली–प्रचण्डबीच पार्टी विवादबारे संवाद नै हुन सकेन्

नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज हुने भनिएको छलफल अहिलेसम्म हुन सकेको छैन् ।

बेलुका ५ बजेका लागि बोलाइएको बैठक बिहीबार बिहान हुने गरी स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए।

थापाले भने, ‘पार्टीका अध्यक्षद्वयबीचको आज ५ः०० बजे निर्धारित भेटवार्ता स्थगित भएको छ। भोलि बिहान बस्ने तय भएको जानकारी गराउन चाहन्छु।’

दाहाल निकट स्रोतका अनुसार प्रधानमन्त्रीकै आग्रहमा आजको बैठक स्थगित भएको जानकारी दियो। तर बालुवाटार स्रोतले भने प्रचण्डले थप समय मागेकाले स्थगित भएको दाबी गर्यो।

पार्टीभित्रको विवाद समाधानका लागि नेताहरु लगातार छलफलमा बस्दै आए पनि समाधान निष्कन सकेको छैन। आइतबारदेखि वरिष्ठ नेता झलनाथ खनाल र सुवास नेम्वाङसहित बस्दै आएको बैठक मंगलबार आरोप प्रत्यारोपमा सकिएको थियो।

प्रकाशित मिति: Aug 5, 2020

प्रतिक्रिया दिनुहोस्