Logo
११ बैशाख २०८१, मंगलबार
(August 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारी कर्मचारीको कोरोना बिमा नि:शुल्क, सर्वसाधारणलाई पनि ५० प्रतिशत छुट

राष्ट्रसेवक कर्मचारीहरुको निःशुल्क कोरोना बिमा गर्न सुरु भएको छ । बिमा समितिले कर्मचारीहरुलाई कोरोना बिमाको पोलिसी हस्तान्तरण गरी उक्त कार्यक्रमको सुरुवात गरेको हो ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुको एक लाख रुपैयाँबराबरको कोरोना बिमा गरिदिने बताएको थियो । बजेटको व्यवस्थाअनुसार बिमा समितिले राष्ट्रसेवक कर्मचारीको निःशुल्क कोरोना बिमासम्बन्धी कार्यविधि तयार गरेर अर्थ मन्त्रालयको स्वीकृतिपछि भएपछि उक्त कार्यक्रमको औपचारिक शुभारम्भ गरेको हो ।

राष्ट्र सेवक कर्मचारीको कोरोन बिमावापतको रकम भने नेपाल सरकाले बेहोर्ने बिमा समितिले जनाएको छ । यस्तै कोरोना बिमासम्बन्धी नयाँ कार्यविधि कार्यन्वयनमा आएसँगै आमनागरिकले गर्ने सामूहिक करोना बिमामा भने ५० प्रतिशत अनुदान पाइने भएको छ ।

हाल २० वटै निर्जीवन बिमा कम्पनीमार्फत सञ्चालन भइरहेको कोरोना बिमा एक लाख र ५० बिमाङ्क रकम छ । एक लाखको कारोना बिमामा व्यक्तिगत रुपमा गर्दा एक हजार र सामूहिक रुपमा परिवारको बिमा गर्दा प्रत्तिव्यक्ति ६०० रुपैयाँ बिमाशुल्क लाग्छ । यस्तै ५० हजार बिमाङ्क रकमको बिमा गर्दा भने व्यक्तिगत रुपमा गर्दा ५०० रुपैयाँ र परिवारको सदस्यहरुको सामूहिक रुपमा गर्दा प्रतिव्यक्ति ३०० रुपैयाँ प्रिमियम तिनुपर्ने हुन्छ ।

अब राष्ट्रसेवक कर्मचारीको भने कोरोना बिमा नि:शुल्क हुने भएको छ । आम नागरिकले सामूहिक रुपमा कोरोना बिमा गर्दा ५० प्रतिशत छुट पाउने भएको छन् । यसलाई आधार मान्दा सामूहिक रुपमा कोरोना बिमा गर्दा ५० हजार बिमाङ्कको १५० प्रिमियम र एक लाख रुपैयाँको कोरोना बिमा गर्दा ३०० रुपैयाँ प्रिमियममा गर्न सकिने भएको छ ।

यो बिमा सुविधा कुनै पनि परिवारले एउटा बिमा कम्पनीबाट एकपटक मात्रै पाउने र बिमालेखको अवधि २०७८ असार मसान्तसम्म रहने बिमा समितिले जनाएको छ ।

प्रकाशित मिति: Aug 5, 2020

प्रतिक्रिया दिनुहोस्