Logo
१२ बैशाख २०८१, बुधबार
(August 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाको हटस्पट बन्दै काठमाडौं : उपत्यकामा थप ६२ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडाैँ उपत्यकामा थप ६२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले काठमाडाैँका ५७ र ललितपुरका ५ जनामा कोरोना संक्रमण भएकाे जानकारी दिए।

प्रवक्ता गाैतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका २७ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा काठमाडौँका १४ र ललितपुरका १ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका २ र ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका १ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका ११ जना, स्टार अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका १ र ललितपुरका २ जना र बीआइडीएच ल्याब काठमाडौँमा गरिएको परीक्षणमा काठमाडौँका १ जनामा संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति: Aug 5, 2020

प्रतिक्रिया दिनुहोस्