Logo
८ बैशाख २०८१, शनिबार
(August 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लेबनान विष्फोट अपडेट : १ सय भन्दा धेरैको मृत्यु, २ लाख भन्दा धेरै घरवारविहिन

लेबनानको राजधानी बेरुतमा मंगलबार भएको विष्फोटका कारण दुईलाख भन्दा धेरै मानिसहरू घरवारविहिन भएका छन् ।

बुधबार राष्ट्रपति मिचेल औनले आपतकालिन क्याबिनेट बैठक बोलाएर दुई हप्ताका लागि संकटखालको घोषणा गर्न सकिने बताएका छन् । बेरुत विष्फोटमा परेर कम्तिमा पनि १०० जना भन्दा धेरैको ज्यान गएको छ भने ४ हजारभन्दा धेरै घाइते भएका छन् ।

बेरुतका सीटी गभर्नर मार्वान अब्बौदले दुईलाखदेखि दुईलाख पचासहजार घरवारविहिन भएको जनाएका छन् । उनले सरकारी अधिकारीहरूले खाद्यन्न बासस्थानको व्यवस्थापन गरिरहेको जानकारी दिएका छन् ।

सुरक्षाको गतिलो उपाय नअपनाइकनै ६ वर्षदेखि भण्डार गरिएको एमोनियम नाइट्रेट विष्फोट भएको थियो। ती सामग्री त्यहाँ असुरक्षित तरिकाले किन राखियो भन्ने जवाफ पनि सरकारले दिएको छैन।

एमोनियम नाइट्रेट विष्फोटन यति शक्तिशाली थियो कि २४० किलोमिटर टाढाको टापु साइप्रससम्म महसुस गरिएको थियो। त्यहाँका मान्छेले भूकम्प आएको ठानेका थिए। विष्फोटपछि बेरुतमा ३.३ म्गाग्निच्युडको भूकम्प गएको थियो।

 

प्रकाशित मिति: Aug 5, 2020

प्रतिक्रिया दिनुहोस्