Logo
७ बैशाख २०८१, शुक्रबार
(August 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री मोदी अधोध्या पुगे, राम मन्दिरको भूमि पूजामा सहभागी हुँदै

छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अयोध्या पुगेका छन् । वायुसेनाको विमानबाट उनी अयोध्या पुगेका हुन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री मोदीको स्वागत गरेका छन् । दुवैले एक अर्कालाई हात जोडेर अभिवादन गरेका छन् ।

अध्योध्या पुगेर प्रधानमन्त्री मोदीले हनुमानगढी मन्दिरमा पूजा/अर्चना र मन्दिरको परिक्रमा गरेका छन् । उनका साथ मुख्यमन्त्री योगी आदित्यनाथ र सुरक्षाकर्मी छन् ।

प्रधानमन्त्री मोदी राम मन्दिरको भूमि पूजामा सहभागी हुन अध्योध्या पुगेका हुन् । मन्दिरको शिलन्यासका लागि मात्रै अयोध्यामा तीन हजार पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।

हनुमानगढीदेखि राम जन्मभूमिसम्म जाने बाटोलाई फूलले सजाइएको छ । यस्तै पसलहरुका बाहिरी भागमा पहेँलो रङले रंगाइएको छ । अन्य अतिथिसँगै मुख्यमन्त्री योगी आदित्यनाथ अयोध्या पुगिसकेका छन् ।

अयोध्यामा राम मन्दिर बनाउन सर्वोच्च अदालतले फैसला सुनाएको १० महिनापछि बुधबारबाट निर्माण कार्यको पहिलो प्रक्रिया अगाडि बढ्न लागेको हो ।
सन् १९८० को दशकबाट सुरु भएको राम मन्दिर र मस्जिदको राजनीति लामो अदालती प्रक्रियाबाट टुंगोमा पुगेको थियो । राम मन्दिरकै विषयलाई लिएर पटकपटक भएका जातीय हिंसामा धेरैको ज्यान गइसकेको छ ।

प्रकाशित मिति: Aug 5, 2020

प्रतिक्रिया दिनुहोस्