Logo
७ बैशाख २०८१, शुक्रबार
(August 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५ ओटा चाँदीको ईटा लिएर जानकी मन्दिरका महन्त पुनः अयोध्या प्रस्थान

भारतको अयोध्यामा हुने राम मन्दिर शिलान्यासका लागि जानकी मन्दिरका महन्त पुनः अयोध्याको लागि प्रस्थान गरेका छन् ।

भूमि पूजन कार्यक्रममा सरिक हुन जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव यसभन्दा पहिले पनि जान खोज्दा उनीसँग पिसिआर रिपोर्ट नभएपछि सीमाबाट फर्काइएको थियो ।

भारतको उत्तरप्रदेश राज्यस्थित अयोध्या जान लागेका उनलाई यसअघि सीमाबाट फर्काइएपछि उनी सम्पूर्ण रिपोर्ट लिएर मंगलबार साँझ साढे पाँच बजे प्रस्थान गरेका छन् ।

भगवान रामको जन्म भूमि तीर्थ क्षेत्रले जानकी मन्दिरका महन्त दासलाई भूमि पूजन कार्यक्रममा सहभागीता हुन निमन्त्रणा पठाएपछि उनी अयोध्या तर्फ प्रस्थान गरेका हुन् ।

भारतको अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरको लागि एक किलोको ५ वटा चाँदीको ईटा उपहार स्वरुप लिएर गइरहेको जानकी मन्दिरका महन्थ दासले बताए ।

सो चाँदीको ईटामा श्री सीताराम जानकी मन्दिर जनकपुरधाम मिथिला नेपाल लेखिएको छ । वर्षौको प्रतिक्षापछि अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरको भूमि पूजन कार्यक्रममा सम्पूर्ण मिथिलावासीको प्रतिनिधित्व गर्न पाउँदा कृतार्थ भएको महन्थ दासले बताए ।

महन्थ दास धनुषाको जटही नाका भएर अयोध्याका लागि प्रस्थान गरेका छन् । लामो समयदेखि विवादमा रहेको राम मन्दिर सम्बन्धमा भारतको सर्वोच्च अदालतले मन्दिर निर्माणका लागि आदेश दिएपछि त्यहाँ राम मन्दिर निर्माणको कार्य अगाडी बढाउन लागिएको हो ।

मन्दिरको भूमि पुजन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार गर्न लागेका हुन् । राम मन्दिर भूमि पूजन कार्यक्रमको प्रमुख अतिथि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रहेका छन् भने, विशिष्ट अतिथि विश्व हिन्दु परिषद्का अध्यक्ष मोहन भागवतलाई बनाइएको छ ।

कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको समेत उपस्थिति रहनेछ । कोरोना संक्रमणको समयमा हुन लागेको भूमि पूजन कार्यक्रममा सरिक हुन लागि सीमित व्यक्तिलाई मात्रै आमन्त्रित गरिएको हो ।

सीमित व्यक्तिलाई आमन्त्रित गरिएका मध्ये जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव समेत रहेका छन् । अयोध्यामा राम मन्दिर निर्माणको लागि हुन लागेको भूमि पुजनको अवसरमा जनकपुरधाम सहित मिथिलाञ्चलभर दिनमा रामधुन र साँझमा दिपावली मनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति: Aug 4, 2020

प्रतिक्रिया दिनुहोस्