Logo
७ बैशाख २०८१, शुक्रबार
(August 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६ कुखुरालाई पक्राउ गरी प्रहरीले रिहा गर्न नमानेपछि…!

यो संसार पनि विचित्रको रहेको छ । बुढापाकाले बाच्नमात्र पर्छ के के देख्नु र सुन्नु पर्छ भन्ने उख्खान भन्ने गर्थे ठिक त्यस्तै मानिसलाई त गल्ती गरेमा सजाय दिनलाई जेलमा थुन्ने गरेको हामीले सुनेका देखेका छौं तर जनावरलाई पनि यातना दिएको त हामीले अपवादमा मात्र सुनेका छौ ।

आज हामी तपाइलाई कुखुरालाई प्रहरीले नियन्त्रणमा लिए थुनेको बारे चर्चा गछौं ।यो आश्र्चायजनक घटना भारतको हरियाणाको हो ।

हरियाणाको प्रहरीले ६ वटा कुखुरालाई थुनेको छ । वास्तवमा नुहमा मानिसहरुको एक समुह कुखुरालाई भिडाएर बाजी खेलेपछि प्रहरीलाई खबर आयो ।

प्रहरीलाई धेर जसो त्यस स्थानमा जुवा खेलेको खबर आइराख्थ्यो । कुखुरामा बाजी लगाएर सधै जसो लडाइरहन्थे ।

एकदिन त प्रहरीले लडाईरहेको अवस्थामा मानिसहरुसहित कुखुरालाई पनि समातेर थुनेको हो । रिर्पोटमा बताइएअनुसार उक्त गाउँमा केही समय अगाडि जुवाडेसहित ३५ हजार नगर र ६ वटा गाडी पनि बरामद गरेको थियो ।

समातिएका जुवाडे र ६ कुखुरालाई जिम्मेवार व्यक्ति नआएसम्म थुनिराख्ने प्रहरीले बताएको छ । एजेन्सी

प्रकाशित मिति: Aug 4, 2020

प्रतिक्रिया दिनुहोस्