Logo
१३ बैशाख २०८१, बिहीबार
(August 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विराटनगरमा कोरोना संक्रमित वृद्धको मृत्यु, मृतकको संख्या ५८ पुग्यो

विराटनगर : विराटनगरको कोशी अस्पतालमा कोरोना संक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ ।

ज्वरो र स्वासप्रश्वासको समस्या लिएर सोमबार विहान ९ बजे अस्पताल भर्ना भएका विराटनगर महानगरपालिका-५ का ७७ वर्षका वृद्धको मृत्यु भएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डा। चुमनलाल दासले जानकारी दिए ।

वृद्धलाई आइसोलेसनमा राखी अस्पतालले १० बजे स्वाब परीक्षण गर्न पठाएको थियो । उनको सवा ३ बजे मृत्यु भएको थियो भने त्यसको करिब एक घण्टापछि संक्रमण पुष्टि भएको रिपोर्ट आएको हो ।

मधुमेहको समस्यासमेत रहेका वृद्धलाई चार दिनयता ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालले जनाएको छ ।

 

प्रकाशित मिति: Aug 3, 2020

प्रतिक्रिया दिनुहोस्