Logo
७ बैशाख २०८१, शुक्रबार
(August 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब प्लाज्मा थेरापीबाट १२ अस्पतालमा कोरोना संक्रमितको उपचार हुने

नेपालमा प्लाज्मा थेरापी उपचार पद्धतिको सकरात्मक नतिजा देखिएपछि एनएचआरसीले कन्भलेसेन्ट प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न १२ वटा अस्पताल तोकेको छ ।

नेपालमै पहिलो पटक प्लाज्मा थेरापीबाट उपचार सफल भएलगतै राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले देशभर यसलाई विस्तार गर्न लागेको हो ।

परिषद्का सदस्य सचिव प्रदीप ज्ञवालीका अनुसार सम्भाव्य अवलोकन क्लिनिकल स्टडीका लागि नौ सरकारी र तीन निजी अस्पताल छनोट गरिएको छ ।

सरकारीतर्फ त्रिवि शिक्षण अस्पताल, पाटन, शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल, नेपालगञ्ज मेडिकल कलेज, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी, नारायणी र धुलिखेल अस्पताल छन् ।

निजीतर्फ मेडिसिटी, ह्याम्स र ग्राण्डी अस्पताल कन्भलेसेन्ट प्लाज्माथेरापीबाट उपचारका लागि छनोट गरिएको छ ।सदस्य सचिव डा. ज्ञवालीका अनुसार दाता र रिसिभर दुबैको स्वेच्छाले मात्र यो विधिबाट उपचार गरिनेछ ।

कन्भलेसेन्ट प्लाज्मा रिसिभर कोरोना संक्रमित, १८ वर्ष उमेर पुगेको रअस्पतालमा भर्ना भएको हुनुपर्नेछ । साथै स्वास्थ्य अस्वथा गम्भीर वा ज्यान जोखिममा पर्न सक्ने चिकित्सकको राय चाहिन्छ । उनले अघि भने, ‘अहिलेसम्म २५ दाताले प्रतिवद्धता जनाउनु भएको छ ।’

दाता कोरोना संक्रमण भएर निको भएको, पछिल्लो १४ दिनसम्म कुनै लक्षण नदेखिएको र रक्तदानसम्बन्धी नेपाल रेडक्रस सोसाइटीको मापदण्ड पूरा भएको हुनुपर्नेछ ।

प्रकाशित मिति: Aug 3, 2020

प्रतिक्रिया दिनुहोस्