Logo
१५ चैत्र २०८०, बिहीबार
(August 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा कोरोना संक्रमतिको संख्या २० हजार ७५० पुग्यो, २४ घन्टामा थप ४१८ जनामा संक्रमण

पछिल्लो २४ घन्टामा नेपालमा थप ४१८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

नियमित मिडिया ब्रिफिङमा सोमबार मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले हाल मुलुकभर सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ३२ रहेको बताए । यो कूल संख्याको २७.६ प्रतिशत हो ।

यस्तै, हालसम्म १४ हजार ९ सय ६१ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । ७२.१ प्रतिशत संक्रमित निको भएको प्रवक्ता गौतमले बताए ।

हालसम्म ५७ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

प्रकाशित मिति: Aug 3, 2020

प्रतिक्रिया दिनुहोस्