Logo
१५ चैत्र २०८०, बिहीबार
(August 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेलम्ची पहिरो अपडेट : दुईको शव फेला, ६जनाको खोजी हुँदै

बागमति प्रदेश स्थित सिन्धुपाल्चोकको मेलम्ची-११ गैराबजारमा पहिरोमा पुरिएर बेपत्ता भएका ८ जनामध्ये दुईजनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

डिएसपी माधवप्रसाद काफ्लेका अनुसार वीरगञ्जका प्रदीप चोरसिया र राजेश चौधरीको शव निकालिएको हो । अरु दुईजनाको शव देखिए पनि निकाल्न सकिएको छैन ।

एकजनाको जीवितै उद्धार भएको छ । घाइते अवस्थामा उद्धार गरिएका व्यक्ति ३५ वर्षका भारतीय नागरिक बारु साह हुन् र उनको प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा उपचार भइरहेको डिएसपी काफ्लेले जनाकारी दिए ।

कवर्ड हल निर्माणका लागि खटिएका ९ मजदुर बसेको टिनका टहरा सोमबार बिहान साढे तीन बजेतिर माथिबाट खसेको पहिरोले पुरिएको हो । स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारका लागि खटिएका छन् ।

निर्माणाधीन कवर्डहल नजिकै जस्ताको टहरामा बस्दै आएका मजदुरमध्ये दुईजना भारतीय नागरिक र अरु सातजना वीरगञ्जका बासिन्दा रहेको खुलेको डिएसपी काफ्लेले बताएका छन् ।

प्रकाशित मिति: Aug 3, 2020

प्रतिक्रिया दिनुहोस्