Logo
१३ बैशाख २०८१, बिहीबार
(August 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पृथ्वीमा फर्किए दुई अमेरिकी अन्तरिक्ष यात्री, समुद्रमा अवतरण

अमेरिकी अन्तरिक्ष यात्री डग हर्ली र बब बेन्कन अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा फर्किएका छन् ।

उनीहरु अमेरिकाको फ्लोरिडाको तटीय क्षेत्र गल्फ अफ मेक्सिकोमा अवतरण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तरिक्ष यात्री डग र बबले समुद्रमा पानीमाथि अवरण गरेका हुन् । व्यवसायिक क्षेत्रबाट अन्तरिक्ष यात्रा गरेर अन्तरिक्ष यात्री सफल रुपमा पृथ्वीमा फर्किएको यो पहिलो पटक हो ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले निजी कम्पनी स्पेस एक्ससँगको सहकार्यमा यो यान अन्तरिक्षमा पठाएको थियो । ड्रयागन क्याप्सुल स्पेस एक्सले उपलब्ध गराइ उसैले सञ्चालन गरेको हो ।

यो यान चीनबाट ४ सय २२ किलोमिटरको दूरीमाथि रहेको अन्तरिक्ष स्टेशनमा गएको मे ३१ मा प्रवेश गरेको थियो ।

चुहावट, दबाब र तापक्रमको जाँचका लागि केही प्रतिक्षा गरेपछि पहिल्यै आईएसएसमा रहेका रुसी र अमेरिकी टोलीसँग सामेल हुन ड्रयागन क्याप्सुलमा रहेका यात्रीहरु स्टेशनमा प्रवेश गरेका थिए ।

हर्ली र बेन्कनसहितको अन्तरिक्ष यान ड्रयागन क्याप्सुल गएको मे ३० मा अमेरिकाको फ्लोरिडाबाट प्रक्षेपण गरिएको थियो ।

प्रकाशित मिति: Aug 3, 2020

प्रतिक्रिया दिनुहोस्